बुधवार, आश्विन १४ गते २०८३

को हुन सरकारको प्रवक्ता तोकिनुभएका शिक्षामन्त्री पोखरेल ?

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकिएको छ । बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । 

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै पोखरेलले नेपाल सरकारको प्रवक्तामा माननीय शिक्ष, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको बताए । पोखरेलको जन्म काठमाडौँमा भएको हो । 

उनले काठमाडौँ विश्वविद्यालयबाट कानुन (एलएलबी) र व्यवस्थापन (बिबिएम) अध्ययन गरेका छन् । उनी हाल त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नात्तकोत्तर तहमा अध्ययनरत छन् ।

उनी एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रही सार्वजनिक नीति र प्रणाली सुधारका क्षेत्रमा क्रियाशिल छन् । 

काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञ तथा शिक्षा क्षेत्रमा सुधारका लागि नीति निर्माण, सामुदायिक विद्यालयको पूर्वाधार सुधार र प्रविधिमैत्री शिक्षा तथा बजेट व्यवस्थापन एवम् कार्यक्रम कार्यान्वयनमा भूमिका निर्वाह गर्नुभएको अनुभव उनीसँग छ ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नंं ५ बाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार