काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार झिसमिसेमै पक्राउ परेका थिए ।
लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।