काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्का पक्राउ परेका छन् । उनी विवादास्पद छवि भएका व्यवसायी पनि हुन् ।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा पक्राउ पुर्जी शेयर गर्दै गत भदौ २४ गते जेन जी समूहको अगुवाईमा भएको आन्दोलनको क्रममा उनको निवासबाट बरामद भएको रकमको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएको जनाएका छन् ।