बुधवार, आश्विन १४ गते २०८३

ओली र लेखक थप पाँच दिन हिरासतमा

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक थप पाँच दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ ।

दुवै जनालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आइतबार काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । 
उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो । आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार