आइतवार, श्रावण २४ गते २०८३

प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स बन्द गर्न निर्देशन

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । विद्यालय तह र उच्च शिक्षामा भर्ना प्रक्रिया प्रारम्भ हुनु अघि नै  प्रवेश परीक्षाको नाममा सञ्चालन हुने कार्यक्रम बन्द गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । 

विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामुलक पहुँचमा नकारात्मक प्रभाव पारेको बताउँदै मन्त्रालयले यस्ता कार्यक्रम २०८३ वैशाख १ गतेदेखि पूर्ण रुपमा बन्द निर्देशन दिइएको मन्त्रालयका प्रवकता शिवकुमार सापकोटाले बताए । 

उनका अनुसार मन्त्रीस्तरिय निर्णय अनुसार यस्तो निर्देशन दिइएको हो । यस्ता कार्यक्रम सञ्चालन भए वा नभएको विषयमा मन्त्रालयले गम्भिर अनुगमन गर्ने र निर्देशनलाई अटेरी गर्दै कार्यक्रम सञ्चालन गरिरहेको पाइएमा कडा कारवाही गरिने मन्त्रालयले जनाएको छ । 

moe notice.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार