काठमाडौं । सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन भंगको सुरुवात भएको छ । यसको सुरुवात भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।
बोर्ड अन्तर्गत रहेको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आइतबारदेखि भंग भएको छ । सरकारले वैशाख १३ गते स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचिमा सरकारी कार्यालयमा दलीय ट्रेड युुुनियन खारेज गर्ने उल्लेख थियो ।
शासकीय सुधारको कार्यसूचिको बुँदा नं. १२ मा सार्वजनिक प्रशासनलाई पूर्णत राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न दलीय ट्रेड यूनियन खारेज गर्ने उल्लेख थियो । साथै, निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, सबै राष्ट्रसेवकले कुनै पनि दल, समूहमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आवद्धता हुन नपाउने उल्लेख छ ।
सरकारको उक्त निर्णयको स्वागत गर्दै बोर्डमा गठन भएको युनियन आइतबारदेखि भंग गरिएको युनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।