सोमवार, श्रावण २५ गते २०८३

बुधबार १६४० संक्रमित थपिए, १० जनाको मृत्यु 

बुधवार , भाद्र २३, २०७८

काठमाडौं। बुधबार १ हजार ६४० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ७६७ पीसीआरबाट १ हजार ३४७ र  हजार ६८८ एन्टीजेन परिक्षणमा २९३ जना संक्रमित फेला परेका हुन्।

यो संगै नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ७३ हजार ५२९ र एन्टीजेन परिषणमा ८६ हजार ६ जना संक्रमित पुष्टी भएको छ। यि मध्ये ७ लाख ३३ हजार १६१ संक्रमित संक्रमण मुक्त भैसकेका छन्। पछिल्लो २४ घण्टामा २ हजार १६१ जना संक्रमणमुक्त भएको मन्त्रालयले पुष्टी गरेको छ। 

त्यस्तै बुधबार १० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा हालसम्म १० हजार ८८९ जनाको मृत्यु भएको छ। हाल नेपालमा २९ हजार ४७९ जना सक्रिय संक्रमित छन्।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार