बुधवार, आश्विन १४ गते २०८३

हाजिरी जमानीमा छुटे पूर्व सिडियो

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका रिजाललाई बोलाएको समयमा उपस्थित हुने शर्तमा रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी  थिए । उनीमाथि गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोप लागेको छ ।


उक्त घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की जाँचबुझ आयोग ले रिजालसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार