काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रौतहटमा कार्यरत डिठ्ठा लवकुमार सिंहलाई ५० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।
अदालतको फैसला बमोजिम दाखा पुर्जी गरि फुकुवा गराइदिएवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा आयोगले सिहंलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले सिंहलाई जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।