बुधवार, आश्विन १४ गते २०८३

व्यवसायी भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तिम चरणमा

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानकै क्रममा रहेपनि मंगलबारदेखि भट्टको पासपोर्ट रोक्का गरिएको हो ।
  
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै आएको भन्दै तत्काललाई उनको पासपोर्ट रोक्का गरिएको अध्यागमन विभाग स्रोतले जानकारी दियो । विभागका अनुसार केही समयमै उनको अनुसन्धान सकिनेछ ।  

सम्पत्ति शुद्धीकरण विभागले चैत १५ को मिति राखेर अध्यागमन विभागलाई पठाएको थियो । सोही पत्र अनुसार व्यवसायी भट्टको पासपोर्ट रोक्का गरिएको हो । 

सम्पत्ति शुद्धीकरण विभागले व्यापारी र उच्च तहका नेता तथा पदाधिकारीहरूसँग कनेक्सन राखेर काम गरेको भन्दै २६ जनाभन्दा बढीको विषयमा केही समयदेखि अनुसन्धान गर्दै आएको थियो । 


त्यही अनुसन्धान क्रममा भट्टको गतिविधिबारे केही गम्भीर तथ्य देखापरेकाले पासपोर्ट रोक्का गर्नुपरेको विभाग स्रोतले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार