आइतवार, श्रावण २४ गते २०८३

बढ्यो हवाई भाडा : हेर्नुहोस कुन ठाउँ पुुग्दा कति ?

बुधवार , चैत्र १८, २०८२


काठमाडौं । हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडान भाडा भारी वृद्धि भएको छ ।

नेपाल आयल निगमले बुधबार बिहानबाट लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्क ५ हजार ४ सय ५३ रुपैयाँसम्मले बढाएका छन् ।

आन्तरिक वायुसेवा कम्पनीले काठमाडौंबाट हुने उडानमा सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा शुल्क बढाएका छन् ।  अब काठमाडौंबाट उडान भर्दा सीमराका  लागि सस्तो ३ हजार ३३४ रुपैयाँ देखि अधिकतम धनगढीका लागि २३ हजार ५९ रुपैयाँ तिर्नुपर्ने छ । 

आन्तरिक वायुसेवाले लिने इन्धनको शुल्क हवाई भाडासँगै जोडेर लिने भएकाले यात्रुले टिकटमै थप शुल्क जोडेर दिनुपर्ने हुन्छ । यो शुल्क जोड्दा बुधबारदेखि नै आन्तरिक हवाई यात्रा गर्ने यात्रुले बढेको इन्धनको शुल्क जोडेर हवाई भाडा तिर्नुपरेको छ ।

वायुसेवा कम्पनीका अनुसार सबैभन्दा बढी पर्वतीय उडानमा ४ हजार २२५ रुपैयाँ इन्धनको शुल्क बढेको छ । आन्तरिक वायुसेवाका नियमित उडानका सहरी क्षेत्रका गन्तव्यहरूमा हुने उडानमध्ये सबैभन्दा कम सिमरा क्षेत्रको उडानमा इन्धन शुल्क बढेको छ । सिमरा क्षेत्रमा हुने उडानमा १ हजार ११० रुपैयाँ भाडा बढेको छ ।
आन्तरिक वायुसेवाले बढाएको यस्तो इन्धनको शुल्क १३ प्रतिशतका दरले हुने मूल्य अभिवृद्धि कर (भ्याट)सहित भएको आन्तरिक वायुसेवा कम्पनीहरूले जानकारी दिएका छन् ।

वायुसेवा कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यको प्रभावसँगै विदेशी हवाई यात्रुको चाप समेत घट्न थालेको छ । विदेशी यात्रु घटेको र आन्तरिक यात्रुका लागि हवाई यात्रा थप महँगो हुँदा अत्यावश्यक सेवा मानिने हवाई यात्रा थप संकटतर्फ जाने अवस्थामा पुगेको छ ।

airfare-1.jpg

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार