आइतवार, श्रावण २४ गते २०८३

शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयहरूले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

सर्वोच्च अदालतले शिक्षा नियमावलीको प्रतिकुल कामकारबाही नगर्नु भनी आदेश दिएको हो ।

आदेशमा भनिएको छ,’उक्त नियमावली एवं सो सूचनाको वर्खिलाप हुने गरी हालैका दिनहरुमा विभिन्न छापा एवं विद्युतीय संचार माध्यम समेतमा विद्यार्थी भर्नाको सूचना प्रकाशित भएको मिसिल संलग्न कागजातबाट देखिएको र एकातर्फ, विद्यार्थीको परीक्षाफल नै प्रकाशित नभएको, शैक्षिक सत्र नै सुरु नभएको र अर्कोतर्फ शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम विद्यार्थी भर्नाका लागि आवश्यक सक्कल प्रमाणपत्र नै प्राप्त नभएको अवस्थामा समेत विभिन्न विद्यालयले प्रकाशित गरेका विद्यार्थी भर्ना सम्बन्धी सूचनाहरु शिक्षा नियमावलीको उक्त व्यवस्था अनुकूल रहेको नदेखिएकाले शिक्षा नियमावली, २०५९ को नियम ७८ ९१० बमोजिम प्रमाणपत्र प्राप्त भएपछि तथा नियम ८४ (४) बमोजिम शैक्षिक सत्र शुरु भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्नु, गराउनु र सो अनुरुप एकरुपता कायम गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार