बुधवार, आश्विन १४ गते २०८३

राष्ट्रिय सभामा शेयर बजारबारे चिन्ता, ‘ठूला लगानीकर्ता बाहिरिने खतरा छ, सरकारले विशेष कदम चालोस्’

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरु बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाई थियो ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले शेयर बजारमा आएको गिरावटले लगानीकर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए ।

पछिल्लो ६ कारोबार दिन निरन्तर घटेको बजारमा सोमबार भने सुधार आएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार