आइतवार, श्रावण २४ गते २०८३

इन्धनमा लगाइएको कर कम गरेर उपभोक्तालाई राहत दिन सुझाव

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ । पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ ।

यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ । 

नेपाल आयल निगमका अनुसार विभिन्न शीर्षकमा गरेर प्रतिलिटर पेट्रोलमा ६५ रुपियाँ ८४ पैसा, डिजेलमा ४८ रुपियाँ ३५ पैसा, मटितेलमा ३३ रुपियाँ ९३ पैसा र हवाई इन्धन ३४ रुपियाँ ११ पैसा तथा खाना पकाउने एलपिजी ग्यास प्रतिसिलिन्डरमा २८७ रुपियाँ ३१ पैसा कर रहेको छ ।  इन्धनमा लगाइएको उच्च करका कारण इन्धनको मूल्य थप महङो भएको छ । 

बजारमा प्रतिलिटर पेट्रोलको मूल्य २०२ रुपियाँ र डिजेल लिटरमा १८२ रुपियाँ रहेको छ । इन्धनको मूल्य बढ्दा त्यसको असर हरेक क्षेत्रमा परेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पेट्रोलियम पदार्थको मूल्य बढेर जनजीवन प्रभावित भएका बेला इन्धनमा लगाइएको उच्च करका कारण थप महँगो परेकाले तत्कालका लागि कम गरेर उपभोक्तालाई राहत दिनुपर्ने बताए । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश क्षेत्रमा असर पर्ने परेकाले पनि सरकार राजस्वमुखी नभएर उपभोक्तामुखी हुन जरुरी रहेको उनको भनाई छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार