आइतवार, श्रावण २४ गते २०८३

इन्धनबाट पौने एक खर्ब  राजस्व सङ्कलन

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट पौने एक खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्ष २०८२\८३ को साउनदेखि फागुनसम्म एक खर्ब ७७ अर्ब १२ करोड रुपियाँको इन्धन आयात हुँदा ८६ अर्ब ५८ करोड रुपियाँ राजस्व सङ्कलन भएको  नेपाल आयल निगमले जनाएको छ । 

निगमका अनुसार साउनदेखि फागुनसम्म भन्सार शुल्कबापत २८ अर्ब १२ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत ३२ अर्ब नौ करोड, सडक मर्मत शुल्कबापत चार अर्ब ७३ करोड र वातावरण खर्चबापत दुई अर्ब ३६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ  । यस्तै पूर्वाधार विकास करबापत १५ अर्ब ७० करोड, हरित करबापत एक अर्ब ५७ करोड र आय करबाट एक अर्ब रुपियाँ सङ्कलन भएको छ । 

प्रतिलिटर पेट्रोलमा भन्सार शुल्क २५ रुपियाँ २० पैसा, पूर्वाधार कर १० रुपियाँ, हरित कर एक रुपियाँ, सडक मर्मत शुल्क चार रुपियाँ र प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा रहेको छ । 

यस्तै प्रतिलिटर डिजेलमा भन्सार शुल्क १२ रुपियाँ, हरित कर एक रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, सडक मर्मत शुल्क दुई रुपियाँ, हरित कर एक रुपियाँ र वातावरण प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा कर रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार