सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा १२७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ। बिहिबार कोरोना  संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ।  त्यस्तै २४ घण्टामा १८४५ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन्। जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार