काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई दश हजार जरिवाना गरेको हो।
विभागले नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कार्य नगरेको पाइएकाले ती फर्मलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ।
विभागले २१ फर्ममा स्थलगत अनुमगन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।