आइतवार, श्रावण २४ गते २०८३

इरानलाई डोनाल्ड ट्रम्पको चेतावनी– भोलीसम्म सहमतिमा नआए देश नै धवस्त पारिदिन्छु

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् । उनले भोलिसम्म सम्झौता नभए इरान ध्वस्त पार्ने बताए । 


ट्रम्पको पछिल्लो चेतावनीबारे अहिलेसम्म इरानले भने औपचारिक प्रतिक्रिया दिएको छैन । सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः जोड दिएका हुन् । 

ट्रम्पले इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् ।

उनले इरानलाई लक्षित गर्दै ‘दि भोलिसम्म सम्झौता भएन भने परिणाम अत्यन्त गम्भीर हुनेछ’ भन्दै समयसीमा समेत तोकेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार