वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता नै ध्वस्त पारिदिने भनी दिएको धम्कीले विश्वभर तरंग ल्याइदिएको छ । ट्रम्पले आज रातभरिमा सम्पूर्ण सभ्यता ध्वस्त पारिदिने र त्यो फेरि फर्कन नसक्ने धम्की दिएका थिए ।
अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेको बेलामा आएको ट्रम्पको यो धम्कीले अमेरिका इरानमाथि कठोर हमलाको तयारीमा लागेकोतर्फ संकेत गरेको छ ।
स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै ’आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ धम्की दिएको हो ।
ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा ठुलो युद्धको सङ्केत गरेको छ । अमेरिकाले इरानको रणनीतिक जलमार्गमा लगाएको अवरोध हटाउन केही घण्टाको मात्र समय बाँकी रहेको उल्लेख गर्दै उक्त चेतावनी दिएको अलजजिराले लेखेको छ ।