बुधवार, आश्विन १४ गते २०८३

भाडावृद्धिको प्रभाव,उपत्यकामा अब गाडी चढ्ने बित्तिकै २५ रुपैंया

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बडाएसँगै अब सार्वजनिक सवारीमा यात्रा गर्दा न्यूनतम भाडा २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले बुधबार यात्रु बाहक सवारीमा १६.७१ प्रतिशत भाडा बढाउने निर्णय गरेको थिया्े । 


अहिले साविकमा छोटो दूरीको माइक्रो, बसलगायतमा २० रुपैयाँ देखि २५ रुपैयाँसम्म भाडादर कायम गरिएको थियो । त्यसमा बढेको भाडादर प्रतिशतले हिसाव गर्दा न्यूनतम भाडा २३.४५ हुन पुगेको छ ।

सवारी चालकहरुले एक रुपैयाँ फिर्ता नदिने हुँदा पनि आम सर्वसाधारण यात्रुले छोटो दूरीमा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्न बाध्य हुने देखिएको छ । बुधबार सरकारले यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारीमा २१.६८ प्रतिशत र तराइ क्षेत्रमा चल्ने मालबाहकमा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार