काठमाडौँ । स्थानीय बजारमा बिहिबार सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोलामा चार हजार तिन सय रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयामा कारोबार भएको छ ।
बुुधबार दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यस्तै, चाँदी मूल्य तोलामा १५० रुपियाँले घटेर चार हजार ८७५ रुपैयाँमा झरेको छ ।