आइतवार, श्रावण २४ गते २०८३

कामपामा कक्षा ८ को नतिजामा वृद्धि, ७२.७ प्रतिशत विद्यार्थी ग्रेडेड

बिहिवार , चैत्र २६, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरुबाट यस वर्ष गएको वर्षको तुलनामा ८.५ प्रतिशत वढी विद्यार्थी ग्रेडेड भएका छन् । गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेडेड थिए । यस वर्ष ८१.२ प्रतिशत विद्यार्थी ग्रेडेड छन् । सामुदायिक विद्यालयतर्फ हेर्ने हो भने गएको वर्षभन्दा यस वर्ष १०.५५ प्रतिशत धेरै विद्यार्थी ग्रेडेड छन् ।

गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेडेड थिए । यस वर्ष ६२.३५ प्रतिशत विद्यार्थी ग्रेडेड छन् । समितिका अध्यक्ष एवं शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो । यस वर्ष १४ हजार ७२८ जना अर्थात् ८१.२% विद्यार्थी ग्रेडेड भएका छन् । यसमा ८ हजार ९२ जना छात्र र ६ हजार ६३६ जना छात्रा छन् ।

 ग्रेडेड विद्यार्थीहरुमा सामुदायिक विद्यालयबाट १ हजार ५०३ जना छात्र र १ हजार ३५० जना छात्रा गरी २ हजार ८५३ जना छात्रछात्रा छन् । निजी तथा संस्थागत विद्यालयबाट ६ हजार ५८९ जना छात्र र ५ हजार २८६ जना छात्रा गरी ११ हजार ८७५ जना छात्रछात्रा छन् ।  

परीक्षामा सहभागी हुन ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थीले फाराम भरेका थिए । जसमध्ये ९३८ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहे । फाराम भर्नेमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा थिए । विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी थिए । 

गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष परीक्षामा सहभागी हुन फाराम भर्नेको संख्या ८२३ जना बढी थियो । यस वर्ष ३ हजार ४५१ जना विद्यार्थी ननग्रेडेड छन् । जसमा छात्रको संख्या २ हजार ५४ जना अर्थात् २०.२४ प्रतिशत छात्राको संख्या १ हजार ३९७ जना अर्थात् १७.३९ प्रतिशत छ । 

विद्यालयहरुले इमिसमा लग इन गरेर म्यानेज एक्ज्याममा ग्रेड वाइज लेजरबाट परीक्षाफल हेर्न सक्नेछन् । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार