बुधवार, आश्विन १४ गते २०८३

कालीमाटी बजारमा कृषिमन्त्रीको अनुगमन, बिलविजकमा बदमासी भेटियो

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् ।

बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले बिहीबार कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् ।

बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार