काठमाडौं । विद्यालयहरुले विद्यार्थीबाट वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन् । सरकारले शैक्षिक सत्रको मिति सारेर वैशाख तेस्रो साता पुगेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख तेस्रो साताबाट पठन पाठन गराउने कर्यतालिका सार्वजनिक गरिसकेको छ ।
यस हिसाबले वैशाखमा विद्यार्थीको खासै पढाई नुहुने भएका कारण उक्त महिनाको शुल्क पनि लिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । विद्यालयहरुलाई शुल्क नलिनु भनेर निर्देश्न नै दिने विषयमा मन्त्रालयसँग छलफल भइरहेको केन्द्रका एक अधिकारीले बताए । वर्षिक परीक्षा त्यसको तयारी लगायतका लागि भनेर निजी विद्यालयमा चैतको पहिलो सातादेखि नै प्रभावकारी पढाई भएको छैन ।
शैक्षिक सत्र पनि वैशाखको तेस्रो सातासम्म पुग्दा अभिावकहरु शुल्क मात्रै तिर्नुपर्ने हो कि भन्ने विषयमा अन्योलमा परेका छन् ।