बुधवार, आश्विन १४ गते २०८३

उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर निर्वाचित

शुक्रवार , चैत्र २७, २०८२

 
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन ।
सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित हुनुभएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन । 
 
मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । हाल प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहेकामा मतदानमा दुई सय ५६ जना सांसदले भाग लिएका थिए  ।  
 
 सभामुख अर्यालले विजयी ठाकुरलाई बधाई दिनुभयो । विजयी हुनुभएकी २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सहित नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी  एमाले र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले मत दिएका थिए । आजै राति १२ः०० बजेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन समाप्त हुँदैछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार