काठमाडौं । क्रिकेटर करण केसी नेपाल क्रिकेट संघ (क्यान) को कारवाहीमा परेका छन् । क्यानले आइतबार विज्ञप्ति जारी गर्दै केसीलाई कारवाही गरिएको जनाएको छ ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलम अम्पाएरलाई सामाजिक सञ्जाल मार्फत गाली गरेको आरोपमा उनलाई संघले कारवाही गरेको छ ।
संघले केसीलाई प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा एक खेलको लागि प्रतिबन्ध लगाउनुको साथै शत प्रतिशत म्याच शुल्क जरिवाना लगाउने निर्णय गरिएको संघका प्रवक्ता छुम्बी लामाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।