काठमाडौ । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार नौ सय रुपियाँले बढेर तीन लाख नाघेको छ ।
मंगलबार प्रतितोला दुुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तीन लाख २ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
नयाँ वर्ष सुरु भएसँगै सुनको मूल्य बढ्न थालेको छ । मङ्गलबार सुनको मूल्य तोलामा तीन हजार एक सय रुपैयाँले बढेको थियो ।
यस्तै चाँदीको मूल्य समेत तोलामा ३२० रुपैयाँले बढेर पाँच हजार २२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।