बुधवार, आश्विन १४ गते २०८३

जेन्जी आन्दोलपछि घट्यो वैदेशिक लगानी प्रतिवद्धता

बुधवार , बैशाख २, २०८३

काठमाडौँ । पछिल्लो समय मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता क्रमशः घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलन र एक महिनाअघिदेखि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण नेपालमा लगानी प्रतिबद्धतामा कमी आएको हो ।

चालु आर्थिक वर्षको नौ महिनामा पौने ४२ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिवद्धता आएको छ । 
उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको साउनदेखि चैत महिना सम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

चैत महिनामा ६६ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सो अवधिमा कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब ८८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै पर्यटनमुलुक १६४  परियोजनामा ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै सेवा मुलुक ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै सुुचनाप्रविधि मुलुक ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ। कृनिज मुलुक २ परियोजनामा ११ करोड ५० लाख, ऊर्जामुलक २ परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।  पुर्वाधार मुलुक परियोजनामा शुुन्य लगानी भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार