काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।देउवा पक्षबाट सर्वोच्चमा दुईवटा निवेदन परेका छन्। दुवै रिटको सुनुवाइ जारी छ ।२६ चैतमा पार्टीको महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै देउवा पक्षबाट रिट दायर भएको थियो ।
विवादको टुंगो नलागेसम्म १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ । त्यसअघि पार्टीको आधिकारिकताको विषयलाई लिएर रिट दर्ता भएको थियो।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षधरले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो।