आइतवार, श्रावण २४ गते २०८३

भक्तपुरमा वैशाख ६ बाटै पढाई, आइतबार विदा नहुने

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सरकारले माघ २१ गतेबाट मात्रै विद्यालय तहको पठनपाठन सुरु गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।

तर, भक्तपुर नगरपालिकाले भने नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालय संघीय सरकारको निर्देशनविपरीत पूर्ववत् रूपमै सञ्चालन गर्ने बताएको छ । शैक्षिक संघसंस्थामा संघीय सरकारले अव्यवहारिक निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

संघीय सरकारको निर्णय आफूहरुले कार्यान्वयन गर्न नसक्ने नगर प्रमुख सुनिल प्रजापतिले बताए । संघीय सरकारले स्थानीय सरकारको संवैधानिक अधिकारमा हस्तक्षेप गर्न नहुने भन्दै उनले कुनै निर्णय लिनुअघि स्थानीय सरकारसँग सुझाव लिनुपर्ने बताए ।


उनका अनुसार अब भक्तपुर नगरका शैक्षिक संघसस्थामा वैशाख ६ गतेबाट नै कक्षा सञ्चालन हुने र शनिबार मात्रै बिदा हुने भएको छ । नगर कार्यपालिकाको २०८३ वैशाख ३ गते बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सम्पूर्ण विद्यालय पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो । 

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गतेको पत्रमार्फत नेपाल सरकार मन्त्रीपरिषद्को चैत २२ गतेको निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार