काठमाडौं । शुक्रबार नेपालमा १ हजार १४६ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको हो।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन्। २४ घण्टामा १ हजार ६६० जना संक्रमित संक्रमणमुक्त भएका छन्। त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन्। १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।