आइतवार, श्रावण २४ गते २०८३

'हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो? '

आइतवार , बैशाख ६, २०८३

काठमाण्डौं । सन्चार तथा सुचनाप्रविधी मन्त्री बिक्रम तिमल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लाग्यो भनेर गरियको हल्ला भ्रामक रहेको बताएका छन ।

आइतबार फेसबुक स्ट्याटस लेख्दै मन्त्री तिमल्सिनाले भनेका छन, ' साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला।'

उनले थप लेखेका छन, 'यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैशाको दुरूपयोग गर्न हैन। जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ। '

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार