गोरखा । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ ।
जिल्ला समन्वय समितिको अगुवाइमा शुक्रबार बसेको पालिका प्रमुखहरुको बैठकले वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन समेत यथाशीघ्र निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् ।
अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमबारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।