आइतवार, आश्विन २५ गते २०८३
एमाले विवाद

एमाले कार्यदल बैठक शुरु

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । नेकपा एमालेको कार्यदल शुरु भएको छ । बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको कार्यदलको केही ढिला गरी सुरु भएको हो ।

माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएपछि बैठक सुरु हुन ढिला भएको जनाइएको छ । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भयो ।

दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए ।

सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार