आइतवार, श्रावण २४ गते २०८३

साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

आइतवार , बैशाख ६, २०८३

काठमाडौ । लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्ततः घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ । दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि यो ऐतिहासिक क्षण समेत हुनेछ । यसअघि दिनको समयमा मात्र खेल हुने गरेकोमा नेपाली क्रिकेट इतिहासमा पहिलोपटक रातको समयमा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

अर्कोतर्फ चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरमा खेल्दै छन् । हालसम्म ११ पटक अन्तर्राष्ट्रिय टी–२० मा भिडेका नेपाल र यूएईबीच कीर्तिपुरमा एकमात्र खेल भएको छ जहाँ यूएई विजयी भएको थियो । यो शृंखलामा यसअघिका नियमित खेलाडीहरू देखिने छैनन् । कप्तान पनि फेरिएका छन् ।

दीपेन्द्रसिंह ऐरीको कप्तानी सहित परिवर्तित नेपाली टोलीले टी–२०आई क्रिकेटमा नयाँ सुरुवात गर्नेछ । त्यो सुरुवात एउटा ऐतिहासिक खेलबाटै हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार