काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा गठित विज्ञ समितिमा आठ जना थपिएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको गत २०८२ चैत्र ११ गतेको निर्णयअनुसार गठित सो समितिलाई पूर्णता दिइएको हो । कांग्रेस पार्टी कार्यालयका अनुसार विज्ञ समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरू सदस्य छन् ।
संविधान जारी भएको एक दशकमा अभ्यासका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्दै संघीय प्रणाली र समावेशितालाई थप प्रभावकारी बनाउन पहल लिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुष्पा भुसाल संयोजक रहेको समितिलाई पूर्णता दिँदै निम्न सदस्यहरू थपिएको छैन–
१. वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
२. वरिष्ठ अधिवक्ता हरिहर दाहाल
३. वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का
४. वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने
५. वरिष्ठ अधिवक्ता शेर बहादुर के.सी.
६. वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
७. वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
८. वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी