बुधवार, आश्विन १४ गते २०८३

कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट

सोमवार , बैशाख ७, २०८३

कालिन्चोक हाइड्रोपावरको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आइपिओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ । कम्पनीले चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ८४ लाख ७५ हजार रूपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार