सोमवार, श्रावण २५ गते २०८३

१ हजार ८ सय रुपैयाँ घट्यो सुन

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार