काठमाण्डौ। दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा अहिलेसम्म २३ परिवारको तथ्यांक संकलन भएको छ।
रंगशालामा आउने सुकुम्बासीहरुको तथाङ्क संकलन उपत्यका विकास प्राधिकरणले गर्दै छ । थापाथली, गैरिगाउ लगायतका स्थानबाट सुकुम्बासीहरु होल्डिङ सेन्टरमा आउने क्रम जारी छ ।
यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदैछ।
होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्बासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ।