बुधवार, आश्विन १४ गते २०८३

आज मनोहराको सुकुमबासी बस्ती खाली गराइने

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । सरकारले काठमाडौंको मनोहरा नदी किनारको अनाधिकृत वस्ती आज फेरी खाली गर्ने भएको छ ।

शनिबार उक्त क्षेत्रको वस्ती खाली गराउन जाने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको थियो । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।


त्यस क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा भएको थियो । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार