काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ । उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले भनेको छ– ’पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ । हाल उक्त पेज रिकभर गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ ।’