काठमाडौं। नेपालमा कोरोना महामारीका कारण ललामो समय सम्म गरिएको लकडाउन हाल खोलिएको छ। भिडभाड नगर्न भनिएपनि भिडभाडजन्य क्रियाकलाप भैरहेका छन्। यस्तो अवस्थामा पनि नेपालमा हाल कोरोना संक्रमण दर घटेको देखिएको छ।
लगातार देशभरमा १ हजार भन्दा कम संक्रमित फेला परेका छन्। आज आइतबार नेपालमा ९११ जना संक्रमित थपिएका छन्। ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार ९९४ जना संक्रमित थपिएका थिए।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै २४ घण्टामा १४२३ जना संक्तमणमुक्त भएका छन्।
संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ। त्यस्तै संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ।