काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय दलको नेता चयन गर्नका लागि बैठक बसिरहेको हो । बैठकमा सभापति गगन थापा समेत सहभागी भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पल्ट संसदीय दलको कार्यालय पुगेका हुन् ।