आइतवार, श्रावण २४ गते २०८३

शुक्रबारदेखि काठमाडौंका सबै सुकुमवासी बस्तीमा डोजर

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ ।


‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदि किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि वसोवास भै आएका बस्तीहरू मानवीय रुपमा उद्वार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहान ७ः०० बजे देखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ,’ प्रशासनले भनेको छ ।

यसअघि काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती खाली गराइएको थियो । बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ विभिन्न कार्य तत्काल गर्न भनेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार