आइतवार, श्रावण २४ गते २०८३

कीर्तिपुरमा राखिएका सुकुमवासीलाई राधास्वामिको खाना, खाना खाजा दुई दुई पटक

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासीहरूलाई आजदेखि सोही संस्थाले खाना खुवाउने भएको छ । यस संस्थामा आश्रय लिएर बसिरहेका सुकुमवासीहरूलाई सत्संगले नै खाना खुवाउने आश्रमका एक सेवकले पुष्टि गरे ।

सेल्टरको सुरक्षाका लागि खटिएका एक प्रहरीले पनि राधास्वामी सत्संगले नै आजदेखि सुकुमवासीलाई खाना खुवाउने पुष्टि गरे । आश्रमका ती सेवकले भने, ‘आजदेखि हामीले नै खाना खुवाउने हो ।’

यसअघि सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खाना खुवाउने गरेको थियो । तर बुधबारदेखि भने आश्रमले खुवाउने लागेको ती सेवकले बताए । उनका अनुसार सेल्टरमा बसेका सुकुमवासीका लागि खानाको मेन्यू पनि तयार भएको छ ।

प्रत्यके दिन बिहान ७ बजे चिया–बिस्कुट, साढे १० बजे दाल, भात, तरकारी र अचार, दिउँसो २ बजे चिया नास्ता, बेलुका साढे ६ बजे बिहानको मेन्यूमा जस्तै खाना खुवाउने गरी तालिका बनाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार