आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आगामी तीन दिनको मौसम

बिहिवार , बैशाख १७, २०८३

काठमाडौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू–भागमा मौसममा परिवर्तन देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिनभर देशैभरि वर्षाको सम्भावना रहेको छ ।

साथै, शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि तराईका भू–भागमा सामान्य बदली रहने देखिन्छ ।

यसैगरि, शनिबार पनि पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी स्थानमा मौसम सफा रहने देखिन्छ । राती सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले पहाडी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिन्छ ।

साथै, तराईमा बढ्दो गर्मी र “लू“ बाट बच्न पर्याप्त पानी पिउन र दिउँसोको चर्को घाममा ननिस्कन सल्लाह दिइन्छ । पहाडी भेगमा हुने आकस्मिक मौसम परिवर्तनका कारण यात्रा गर्दा स्थानीय मौसमको जानकारी लिएर मात्र अघि बढ्नुहोला ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार