आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री बालेनको पिएको ह्वाट्सएपमार्फत पठाए त्रिवि पदाधिकारीले राजीनामा

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री बालेन्द्र शाहको पिए सहसचिव प्रदीप परियारको ह्वाट्सएपमार्फत राजीनामा दिएका छन् । उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदार रिजालले विहिबार राजीनामा दिएका हुन् । 

उपकुलपति अर्याललाई तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । त्यतिबेला पनि तत्कालीन् उपकुलपति प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार