काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी श्रमिक वर्ग किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देद जारी गर्दै प्रचण्डले सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।