आइतवार, श्रावण २४ गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै

आइतवार , बैशाख २०, २०८३

 
काठमाडौँ ।  विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । 
 
सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । 
 
पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार