बुधवार, आश्विन १४ गते २०८३

इन्धन मूल्यले सेवा बन्द गर्ने अवस्था आयो– वायुसेवा कम्पनी

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल लाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरूलाई राहत र सहुलियत दिन माग गरेको छ ।

संघले लेखेको पत्रमा विश्वभरि फैलिएको कोरोना भाइरस, २३ र २४ भदौको जेनजी आन्दोलन र अहिले मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका कारण हवाई इन्धन मूल्य अत्यधिक बढेको उल्लेख छ ।
इन्धन मूल्य बढेसँगै सदस्य वायुसेवा कम्पनीको उडान खर्च पनि अत्यधिक वृद्धि भएको र नेपाल आउने पर्यटक संख्यामा समेत उल्लेखनीय कमी आएको पत्रमा उल्लेख छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार